काठमाडौं, ८ असोज : आरएमडीसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासमा २८ करोड ५१ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा संस्थाको नाफा ४२ करोड १२ लाख १४ हजार रुपैयाँ रहेको थियो ।
अघिल्लो वर्ष ४८ करोड ५९ लाख रुपैयाँ खुद ब्याज आम्दानी कमाएको कम्पनीले गत वर्षको चौथो त्रैमासमा ४६ करोड २ लाख ७४ हजार रुपैयाँ मात्र खुद ब्याज आम्दानी कमाएको छ । यस्तै, सञ्चालन नाफा पनि ४८ करोड २५ लाख रुपैयाँबाट घटेर ४५ करोड २२ लाख रुपैयाँमा सिमित भएको छ । ब्याज आम्दानी र सञ्चालन नाफा दुवैमा संकुचन आउँदा समग्र खुद नाफामा असर परेको हो ।
असार मसान्तसम्म कम्पनीले ८ अर्ब ६ करोड ८३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । हाल आरएमडीसीको चुक्ता पुँजी ८९ करोड ९३ लाख रुपैयाँ रहेको छ भने, रिजर्भ कोषमा १ अर्ब ६९ करोड ९९ लाख रहेको छ । यसको प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ७१ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ २८९ रुपैयाँ ०३ पैसा छ
तपाईको प्रतिक्रिया