काठमाडौं, ८ माघ । उद्योग वाणीज्य महासंघ र आईएलओ बीच श्रम सम्बन्ध सुधार भएको छ ।
महासंघकी अध्यक्ष भवानी राणाले आईएलओबाट महासंघका गतिविधि सञ्चालन गर्न निरन्तर सहयोग प्राप्त भइरहेको बताएकी छन् । व्यवसायिक वातावरण विकास र सामाजिक संवाद सम्बन्धी कार्यक्रम सञ्चालन सम्बन्धमा गर्ने सम्झौता सम्पन्न भएको छ ।
अब सञ्चालन हुन लागेको नयाँ परियोजनाले महासंघको प्रदेशस्तरीय संगठनको क्षमता रविकास एवं प्रदेश सरकारसँगको सहकार्य र सम्बन्ध सुधार गर्न मद्दत पुग्ने बताए । डीएफआईडी ले परियोजनाका लागि आर्थिक सहयोग उपलब्ध गराएकोमा धन्यवाद दिँदै महासंघ डीएफआईडीसँग मिलेर थप कार्यक्रम सञ्चालन गर्न इच्छुक रहेको धारणा प्रस्तुत गरे ।
तपाईको प्रतिक्रिया