काठमाडौं, १७ पुस । अर्घाखाँचीको छत्रदेव गाउँपालिका—७ देउरालीमा एनआइसी एसिया बैंकले आफ्नो शाखारहित बैंकिङ सेवाकेन्द्र सञ्चालन गरेको छ । छत्रदेव गाउँपालिका—७ का अध्यक्ष शोभाखर पाण्डेले शाखारहित बैंकिङ सेवाकेन्द्रकोे उद्घाटन गरेका हुन् । कृष्णप्रसाद पाण्डेलाइ बैंकले शाखारहित बैंकिङ सेवाको प्रतिनिधिका रुपमा नियुक्त गरेको छ । यो शाखा जोडेर बैंकको शाखारहित बैंकिङ सेवाकेन्द्र ४५ पुगेको छ ।
शाखारहित बैंकिङ सेवाबाट स्थानीयवासीले प्रतिनिधिमार्फत् बैंकिङ सेवा लिन सक्छन् । सेवाबाट विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, स्वीकृत सीमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको सावा तथा ब्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सकिने बताइएको छ ।
तपाईको प्रतिक्रिया