एनटीसीको थप सुविधा

अर्थ/वाणिज्य

12/31/2019


काठमाडौं, १५ पुस ।  नेपाल टेलिकमले बिक्री—वितरण गर्दै आएको नयाँ जीएसएम÷सीडीएमए प्रिपेड सिमकार्डमा ५० रुपैयाँको ब्यालेन्स उपलब्ध हुने गरेकोमा अब त्यही मुल्यमा ब्यालेन्स तथा थप सुविधा उपलब्ध हुने भएको छ । आगामी २०७६ पुस १६ देखि यसमा ब्यालेन्स तथा थप सुविधा उपलब्ध हुनेछ ।

नयाँ सिमकार्डमा १० रुपैयाँ ब्यालेन्सको रुपमा उपलब्ध हुनेछ भने ४० मिनेट टकटाइम, ६० एमबी डाटा चलाउन र २० वटा एसएमएस पठाउन सकिनेछ । सिममा उपलब्ध १० रुपैयाँ ब्यालेन्सबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सकिनेछ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ