काठमाडौं, ८ पुस । नेपाल क्रेडिट एण्ड कमर्श बैंक( एनसीसी) ले १५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ ।
बैंकले हाल कायम रहेको चुक्ता पुँजीमध्येबाट १५ प्रतिशतले हुन आउने एक अर्ब २२ करोड ७६ हजार एक सय २३ रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि चुक्ता पुँजीको शुन्य दशमलव ७८ प्रतिशत अर्थात् ६ करोड ४२ लाख १४ हजार पाँच सय ३३ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको यही पुस ६ गते बसेको सात सय ७७औं बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृती एवं बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।
तपाईको प्रतिक्रिया