विराटनगर, १८ पुस । सडक दुर्घटनामा परी हाल विराटनगर नसिङ् होममा उपचारत रहेका सिरहाका जितेन्द्र कुमार कामतीले एनसेलको ‘रिचार्जमा चमत्कार’ योजनामा नगद पुरस्कार रू १० लाख जितेका छन् ।
यस योजनाअन्तर्गत पहिलो महिनाको पुरस्कार जित्ने कामती भाग्यशाली ग्राहक हुन् । मंसिर ३० गते प्रत्यक्ष प्रसारण भएको एक टेलिभिजन कार्यक्रममार्फत कामती यो योजनाको पहिलो मासिक विजेताका रूपमा छानिएका थिए ।
बुधबार चर्चित हास्यकलाकार जितु नेपालले उनी उपचारत रहेको अस्पतालमा गई रू. १० लाखको चेक हस्तान्तरण गरेका थिए ।
आफ्नो कष्टमर लोयल्टी कार्यक्रमअन्तर्गत एनसेलले यो ‘रिचार्जमा चमत्कार’ योजना मंसिर १, २०७६ देखि संचालन गर्दै आएको छ ।
यस योजनाअन्तर्गत हरेक योग्य ग्राहकले प्रत्येक हप्ता रू २ लाख नगद र प्रत्येक महिना रू १० लाख नगद जित्ने मौका पाउँछन् ।
तपाईको प्रतिक्रिया