काठमाडौं, ६ चैत । कामना सेवा विकास बैंकले १२३औं शाखा सञ्चालनमा ल्याएको छ ।
कामना विकास बैंकले ललितपुर जिल्लाको ललितपुर महानगरपालिका ग्वार्कोमा गत शुक्रबारदेखि सञ्चालनमा ल्याएको छ । ललितपुर महानगरपालिका १७ का अध्यक्ष विनोद महर्जन र बैंकका सञ्चालक विश्वेश्वर सुवेदीले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी बैंकका अधिकृत प्रवीण वस्नेतले बैंकको वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिबारे प्रकाश पारेका थिए ।
तपाईको प्रतिक्रिया