काठमाडौं, ६ पुस । प्रभु क्यापिटल र समृद्धि क्यापिटल एक हुने भएका छन् ।
नेपाल धितोपत्र बोर्डबाट निष्कासन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभुति, सेयर रजिस्ट्रेसन, लगानी व्यवस्थापकको अनुमतिपत्र प्राप्त प्रभु बैंक लिमिटेडको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेड र लगानी व्यवस्थापकको अनुमतिपत्र प्राप्त प्रभु बैंक लिमिटेडको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेड र लगानी व्यवस्थापकको अनुमतिपत्र प्राप्त समृद्धि क्यापिटल लिमिटेड एक आपसमा गाभिने भएका छन् ।
मर्जरसम्बन्धी प्रारम्भिक समझदारी पत्रमा प्रभु क्यापिटल लिमिटेडका सञ्चालक भुपिन्द्र खत्री र समृद्धि क्यापिटल लिमिटेडका अध्यक्ष एलपी भानु शर्माले हस्ताक्षर गरे । मर्जरपश्चात प्रभु क्यापिटल लिमिटेडको नामबाट कारोबार हुने सहमति भएको र मर्जरपश्चात ८० करोडभन्दा बढी चुक्तापुँजी हुनेछ ।
तपाईको प्रतिक्रिया