सानिमा प्रथम घर कर्जा योजना लागु

अर्थ/वाणिज्य

12/22/2019

काठमाडौं, ६ पुस । सानिमा बैंकले ‘सानिमा प्रथम घर कर्जा’ को योजना ल्याएको छ । आफ्नै घर बनाउन वा खरिद गर्न चाहनेलाई लक्ष्य गर्दै सानिमा बैंकले ‘सानिमा प्रथम घर कर्जा’ को विशेष कर्जा सुविधा योजना ल्याएको हो ।

यो सुविधाअन्र्तगत आवासीय घर बनाउन लाग्ने निर्माण खर्चको अधिकतम १०० प्रतिशतसम्म बैंकले कर्जा उपलब्ध गराउने छ । ‘सानिमा प्रथम घर कर्जा’ योजना अन्र्तगत ऋणीका लागि अधिकतम लगानी, अधिकतम कर्जा अवधि, सुलभ ब्याजदर तथा कर्जा सेवा शुल्कमा भारी छुट सुविधा प्रदान गर्नेछ ।

ऋणीलाई बजारमा हुने उतारचढावबाट सुरक्षित गर्न ‘सानिमा प्रथम घर कर्जा’ अन्र्तगत कर्जा प्रवाह गर्दा निर्धारित ब्याजदर कर्जा अवधिको सुरुवाती समयका लागि यथावत् राखिनेछ ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ