काठमाडौं, १९ असोज । नेपाली सिनेमा क्षेत्रका ख्याति प्राप्त कलाकार अभिनेताप्रदिप खडका र अभिनेतृ कृष्टिना गुरुङ्गलाई प्रभु बैंक लिमिटेडले एक वर्षका लागि आप्mनो ब्राण्ड एम्बास्डरमा नियुक्त गरेको छ ।
प्रभु बैंक लि. का प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा कलाकारद्वय प्रदिप खड्का र कृष्टिना गुरुङ्गलाई बैंकको ब्राण्ड एम्बास्डरमा नियुक्ती गर्ने सम्बन्धी एक सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
उक्त हस्ताक्षर कार्यक्रममा कलाकारद्धय खड्का र गुरुङ्ग अभिनित प्रभु बैंक लि. को विज्ञापन सार्वजनिक गरिएको थियो ।
नेपाली सिनेमा जगतका ख्याति प्राप्तक लाकारद्वय प्रदिप खडका र कृष्टिना गुरुङ्ग प्रभु बैंकको ब्राण्ड एम्बास्डर नियुक्त भएपपछि सर्वसाधारणमा प्रभु बैंक प्रतिको विश्वसनीयतामा बृद्धि हुने बैंकले विश्वास लिएको नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेलले विज्ञप्तिमार्फत् जनाएका छन् ।
तपाईको प्रतिक्रिया