कृषि विकास बैंक र सहकारी मन्त्रालयबीच सम्झौता

अर्थ/वाणिज्य

3/1/2020

बुटवल, १८ फागुन । कृषि विकास बैंक र सहकारी मन्त्रालयबीच सम्झौता भएको छ ।

किसानलाई सुलभ तथा ब्याज अनुदान कार्यक्रमका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सो सम्झौतासँगै किसान तथा कृषिमा आधारित व्यवसाय गर्नेलाई बैंकबाट प्राप्त गर्ने कर्जा र कर्जामा लाग्ने ब्याज सहज बनाउन तथा ब्याजमा सरकारले घोषणा गरेको कार्यन्वयन हुने भएको छ ।

सम्झौतापत्रमा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले हस्ताक्षर गरिसकेपछि सेलाउने र सम्झौता कार्यान्वयनमा अलमल नगरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले मन्त्रालय र बैंकबीच भएको सम्झौता कार्यान्वयन हुन सके कृषि क्षेत्रले धेरै प्रगति गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो र बैंकका तर्फबाट बैंकका प्रदेश कार्यालय भैरहवाका कर्जा प्रमुख चन्द्रसिंह थापा र मन्त्रालयका सचिव तृजबहादुर सुवेदीले हस्ताक्षर गर्नुभएको छ ।

व्यवसाय र परियोजनालाई आधारित मानेर बैंकले ऋण लगानी गर्ने छ भने मन्त्रालयले त्यस्ता किसान पहिचान गरी लगानीका लागि सिफारिस गर्ने छ । सम्झौता कार्यान्वयन भएलगत्तै किसान तथा कृषिमा आधारित उद्योगी व्यवसायीले धितो वा बिनाधितो सहुलियत ब्याज दरमा ऋण पाउने छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ