ग्रान्डी अस्पताल र सेञ्चुरी कमर्सियल बैंकबीच सम्झौता

अर्थ/वाणिज्य

12/24/2019


काठमाडौं, ८ पुस । धापासीस्थित ग्रान्डी इन्टरनेशनल अस्पताल र सेञ्चुरी कमर्सियल बैंकबीच विभिन्न सेवा सुविधामा दिइने छुटसम्बन्धी सम्झौता भएको छ ।

बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा संस्थापक सेयरधनीहरुलाई विभिन्न सेवामा सहुलियत प्रदान गर्ने विषयमा सम्झौता गरेको छ ।
सम्झौताअनुसार बैंकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा बैंकका संस्थापक सेयरधनिहरुले अस्पतालको थुप्रै सेवामा आकर्षक छुट पाउनेछन् । सम्झौतामा बैंकका बजार प्रबन्धक शेखरराज बस्ताकोटी र अस्पतालका महाप्रबन्धक विकास मान सिंहले हस्ताक्षर गरेका हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ