‘ग्रिन डबल फिक्सड डिपोजिट’

अर्थ/वाणिज्य

1/2/2020


काठमाडौं, १७ पुस । नेपाल इन्भेष्टमेन्ट बैंकले ‘ग्रिन डबल फिक्सड डिपोजीट’ नामक योजना सञ्चालन गरेको छ । बैंकले योजनाअन्तर्गत खोलिएको खातामा साढे सात वर्षमा पैसा डबल हुने बताएको छ ।

बैंकले योजनाअन्तर्गत संकलन गरिएको निक्षेप नवीकरणीय उर्जादेखि हरित आवास, जलवायुअनुकुल (क्लाइमेट स्मार्ट) कृषिदेखि स्वच्छ पारवहन र प्रदुषण रोकथामसम्मका ग्रिन परियोजनामा लगानि गरिने बताएको छ । बैंकको उद्देश्य आफ्नो निक्षेपकर्ताहरुलाई विश्वव्यापी अभियानमा योगदान भएको भावसहितको सन्तुष्टि प्रदान गर्न सकियोस् भन्ने हो ।

यसका साथै, ‘ग्रिन डबल फिक्सड डिपोजिट’ निक्षेप योजनाअन्तर्गत खाता खोल्ने ग्राहकले क्रेडिट कार्ड लिँदा ५० प्रतिशत छुट तथा निक्षेप राखेको डेढ वर्ष पुरा भएपछि खातामा भएको शतप्रतिशतसम्म ऋण सुविधासमेत उपलब्ध हुने बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ