गरिमा र सहारा विाकस बैंकबीच मर्जरको सहमति

अर्थ/वाणिज्य

10/3/2020

काठमाडौं, १७ असोज । गरिमा विकास बैंकमा सर्लाही जिल्लामा प्रधान कार्यालय रहेको सहारा विकास बैंक मर्जर हुने सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

विगत ११ वर्ष अगाडि सर्लाही जिल्लाको मलंगवा–९ मा केन्द्रीय कार्यालय रहेको सहारा विकास बैंक लिमिटेडले देशभरि १०२ शाखा संजाल रहेको राष्ट्रियस्तरको गरिमा विकास बैंक लिमिटेडमा प्राप्ति÷मर्जरका लागि काठमाडौंमा शुक्रबार हस्ताक्षर भएको हो ।

२०६४ मा स्याङ्जाको वालिङबाट सेवा प्रारम्भ गरेको गरिमामा यसअघि म्याग्दीको निलगिरी र चितवनको शुभेच्छा विकास बैंकहरु गाभिएका थिए ।

हाल देशभर सातै प्रदेशमा १०२ शाखाबाट सेवा प्रवाह गरिरहेको गरिमा अब पुर्ण रुपमा हिमाल, पहाड र तराईको बैंक भएको दाबी गरिएको छ ।

हाल गरिमा विकास बैंकको अधिकृत पुँजी पाँच अर्व र जारी तथा चुक्ता पुँजी तीन अर्व २३ करोड ८६ लाख ८९ हजार चार सय २८ रुपैयाँ २६ पैसा रहेको छ भने सहारा विकास बैंकको अधिकृत पुँजी ५० करोड र जारी तथा चुक्ता पुँजी रु।२५ करोड ५४ लाख ८१ हजार आठ सय रुपैयाँ रहेको छ ।

गरिमा विकास बैंकले हाल देशका सातै प्रदेशमा शाखा कार्यालयहरुमार्फत र सहारा विकास बैंकले प्रदेश नम्बर २ को सर्लाही जिल्लामा चार शाखा कार्यालय र एक एक्स्टेन्सन काउण्टरमार्फत सेवा प्रवाह गरिरहेका छन् ।

प्राप्ति सम्बन्धि कार्य २०७८ वैशाख १ गतेभित्र सम्पन्न गर्नेसमेत सहमति भएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ