काठमाडौं, ६ पुस । गरिमा विकास बैंक लिमिटेडले रक्तसञ्चार सामग्री हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्र्तगत नेपाल रेडक्रस सोसाइटी जिल्ला कार्यसमिति कास्कीलाई रक्तसञ्चार सामग्री हस्तान्तरण गरेको हो ।
संस्थाका सभापति डोलराज पाण्डेलाई गरिमा विकास बैंक लिमिटेड महेन्द्रपुलका शाखा प्रमुख दिपेन्द्र पोखरेलले एक कार्यक्रमका बिच रक्तसञ्चारसम्बन्धी सामग्री हस्तान्तरण गरेका हुन् ।
बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल रेडक्रस सोसाइटीलाई आइस ब्याग हस्तान्तरण गरेका हुन् ।
बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल रेडक्रस सोसाइटीलाई आइस ब्याग हस्तान्तरण गरेको हो ।
उक्त कार्यक्रममा गरिमा विकास बैंकका कर्मचारीहरु विनिता राना, सोभियत अधिकारी ,तृष्णा शाक्य , दीर्घनारायण पौडेल साथै नेपाल रेडक्रस सोसाइटी जिल्ला कार्यसमिति कास्कीका पदाधिकारीहरुको उपस्थिति रहेको थियो भने उक्त कार्यक्रमको सञ्चालन नेपाल रेडक्रस सोसाइटी कास्कीका मन्त्री धर्मराज अधिकारीले गरेका थिए ।
तपाईको प्रतिक्रिया