काठमाडौं, ५ माघ । ग्लोबल आइएमई बैंक लिमिटेडले जिल्ला प्रशासन कार्यालय, तम्घास, गुल्मी परिसरमा नयाँ एक्सटेन्सन एवम् राजश्व संकलन काउण्टर सञ्चालनमा ल्याएको छ ।
बैंकको काउण्टरको जिल्ला प्रशासन कार्यालय, गुल्मीका प्रमुख जिल्ला अधिकारी कोसहरि निरौलाले उद्घाटन गरेका छन् ।
सेवाग्राहीको बढ्दो चाप र स्थानीयबासीको विस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने गरी उक्त एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर सञ्चालनमा ल्याएको हो ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले २६६ शाखा, २५५ एटिएम, ३७ एक्सटेन्सन काउण्टर राजश्व संकलन काउण्टर र २४९ शाखारहित बैंकिङ्ग सेवा, ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आफ्ना १८ लाख भन्दा बढी ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।
कार्यक्रममा गुल्मी जिल्लाका कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख राम बहादुर खड्का लगायत अन्य विशष्ट पदाधिकारी एवम् स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया