ग्लोबल आइएमईको रक्तदान कार्यक्रम

अर्थ/वाणिज्य

1/3/2020

काठमाडौं, १८ पुस । ग्लोबल आइएमई बैंकले १३औं वार्षिकोत्सवको अवसरमा बृहत रक्तदान तथा निःशुल्क मधुमेह परीक्षण कार्यक्रम आयोजना गरेको छ ।

बैंकको केन्द्रीय कार्यालय तथा प्रादेशिक कार्यालयहरूमा आयोजना गरिएको रक्तदान कार्यक्रमा ४७७ जना बैंकका शेयरधनी, ग्राहक तथा कर्मचारीहरूले रक्तदान गरेका छन् ।

केन्द्रीय कार्यालयको आयोजनामा बैंकको कान्तिपथ शाखा तथा उपत्यका बाहिर ७ स्थानमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।

उपत्यका बाहिर प्रदेश नं. १ को बिराटनगर शाखा, प्रदेश नं. २ को जनकपुरधाम शाखा, प्रदेश नं. ३ को नारायणगढ र चितवन भण्डारा शाखा, गण्डकी प्रदेशको पोखरा न्यूरोड शाखा, प्रदेश नं. ५ को बुटवल चौराहा शाखा र नेपालगञ्ज शाखामा उक्त कार्यक्रम आयोजना गरिएको थियो ।

बैंकले आफ्नो १३औं वार्षिकोत्सवको अवसरमा बिहीबारदेखि एक महिनासम्म विभिन्न सामाजिक कार्यहरू आयोजना गरिने बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ