विराटनगर, ४ पुस । नवरत्न कर्मचारी बचत खाता खोली कारोबार गर्दै आएका विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टी स्पेस्यालिटी हस्पिटलमा कार्यरत स्वर्गीय अन्जली कुमारी माझीको सडक दुर्घटनामा परी मृत्यु भएको हुँदा विमितले पाउने रकम रू ५ लाख रूपैयाँ उनको परिवारलाई ग्लोबल आइएमई बैंक लिमिटेड विराटनगर शाखाले हस्तान्तरण गरेको छ ।
ग्लोबल आइएमई प्रदेश १ का सहायक प्रदेश प्रमुख सुजन श्रेष्ठ र न्यूरो कार्डियो एण्ड मल्टी स्पेस्यालिटी हस्पिटलका अध्यक्ष डा. विरेन्द्र कुमार बिष्टले सयुक्त रूपमा स्वर्गीय माझीको परिवारलाई विमान्कित रकम हस्तान्तरण गरेका छन् ।
तपाईको प्रतिक्रिया