ग्लोबल आइएमईमा गाभियो जनता बैंक, नेपालकै ठूलो बैंक

अर्थ/वाणिज्य

12/6/2019

काठमाडौं, २० मंसिर । ग्लोबल आइएमई बैंक लिमिटेड र जनता बैंक नेपाल लिमिटेड एक आपसमा गाभिई ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट शुक्रबारदेखि एकीकृत वित्तीय कारोबार सुरु भएको छ ।

अर्थ मन्त्री डा. युवराज खतिवडाले शुक्रबार ग्लोबल आइएमई बैंकको कर्पोरेट कार्यालयमा आयोजित एक विशेष कार्यक्रमबीच दुई बैंकको संयुक्त कारोबारको शुभारम्भ गरेका छन् ।

एकीकृत भइसकेपछि ग्लोबल आइएमई बैंक पूँजी, व्यवसाय, शाखा संजाल समेतकाहिसावले नेपालकै ठूलो तथा मजबुत बैंक बनेको छ ।

बैंकको प्राथमिक पूँजी करिब २४ अर्ब रुपियाँ (चुक्तापुँजीकरिब १९ अर्ब रुपियाँ र संचितकोष गरी), कुलनिक्षेप २ खर्ब १३ अर्ब रुपियाँ र कुलकर्जा १ खर्ब ९४ अर्ब रुपियाँभन्दा बढी पुग्नेछ ।

त्यस्तै ७ वटै प्रदेश तथा ७७ वटै जिल्लामा पुग्ने गरी बैंकको ३ सयभन्दा बढी शाखा, २५९ एटीएम, २४३ शाखा रहित बैंकिङ्ग सेवा, ३३ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८४० भन्दाबढी सेवा केन्द्रबाट सेवा प्रदान गर्न सक्षम हुनेछ ।

कार्यक्रममाबौल्दै अर्थ मन्त्री डा. खतिवडाले मुलुकमा अर्थतन्त्रको संरचना परिवर्तन हुनलागेको बताउँदै देशले अल्पकालिनमात्रनभएर मध्यकालिन र दीर्घकालिनलगानीमागिराखेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ