काठमाडौं, २३ बैशाख । ग्लोबल आइएमई बैंक लिमिटेडले सोमबार ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं. ५, मानभवनस्थित जिल्ला प्रशासन कार्यालय परिसरमा एक्सटेन्सन काउण्टर सुरु गरेको छ ।
जिल्ला प्रशासन कार्यालय ललितपुरमा सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले सरल तथा सुलभ बैंकिङ्ग सेवा प्रदान गर्न एक्सटेन्सन काउण्टर सुरु गरेको हो ।
जिल्ला प्रशासन कार्यालय, ललितपुरमा खोलिएको एक्सटेन्सन काउन्टर संगै बैंकको एक्सटेन्सन काउन्टरको संख्या ११ पुगेको छ ।
यसैगरि, बैंकले डोटी जिल्लाको जोरायल गाउँपालिका – १, गैरामा १३२औँ शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको छ ।
यसका साथसाथै ललितपुर जिल्लाको भैंसेपाटी स्थित नेपाल मेडीसिटी अस्पतालमा र काठमाण्डौं जिल्ला लाजिम्पाटस्थित त्रिशारा मलमा ए.टि.एम. सेवा समेत सुरु गरेको छ ।
तपाईको प्रतिक्रिया