ग्लोबल आइएमई बैंकको एटिएम सेवा लिवाङ्गको आर्मी व्यारेक परिसरमा

अर्थ/वाणिज्य

12/29/2020

काठमाडौं, १४ पुस । ग्लोबल आइएमई बैंकले रोल्पा जिल्लाको लिवाङ्गस्थित आर्मी व्यारेक परिसरमा एटिएम सेवा सुरु गरेको छ । यस नयाँ एटिएम सेवा थप भएसंगै ग्लोबल आइएमई बैंकको एटिएम संख्या २४० पुगेको छ ।

उक्त एटिएम सेवा खड्गदलगन, लिबाङ रोल्पाका प्रमुख सेनानी सुधिर के.सी.लेउद्घाटन गरेका छन् ।

बैंकले जिल्लाको सातदोबाटो, खुमेल, बम्रुक लगायतका ग्राहकहरुलाई लक्षित गरी उक्त एटिएम सेवा सञ्चालनमा ल्याएको हो ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बैंकले ७३ वटा जिल्लामा फैलिएको २६४ शाखा सञ्जाल सहित २४० एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २४३ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत आफ्ना २१ लाखभन्दा बढी ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ