काठमाडौं, २२ मंसिर । ग्लोबल आइएमई बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा परशुराम कुंवर क्षेत्रीले शुक्रबारदेखि पदबहाली गरेका छन् ।
ग्लोबल आइएमई बैंकमा जनता बैंक गाभिई मंसिर २० गते देखि एकिकृत कारोबार सुरु भएको हो ।
तीन दशकभन्दा बढी समय बैंकिङ्ग क्षेत्रमा रहेका क्षेत्री २०७४ साल असार १ गतेदेखि जनता बैंक नेपालको प्रमुख कार्यकारी अधिकृत थिए ।
यसअघि उनले तत्कालिन बैंक अफएसिया र ग्राण्ड बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकको नेतृत्व गरिसकेका छन् ।
तपाईको प्रतिक्रिया