ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा रत्नराज बज्राचार्य नियुक्त

अर्थ/वाणिज्य

8/16/2020

काठमाडौं, ३२ साउन । ग्लोबल आइएमई बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रत्नराज बज्राचार्य नियुक्त भएका छन् ।

बैंकको सञ्चालक समितिको शुक्रबार बसेको बैठकले बज्राचार्यलाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गर्ने निर्णय गरेको हो ।

चार दशकभन्दा बढी समय बैंकिङ्ग क्षेत्रमा रहेका बज्राचार्यले यसअघि एक कार्यकाल ग्लोबल आइएमई बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा सेवा गरिसकेका छन् ।

नेपाल राष्ट्र बैंकबाट आफ्नो बैंकिङ्ग करियर सुरु गरेका बज्राचार्यको बैंक तथा वित्तीय संस्थाहरुको मर्जर तथा मर्जरपछिको व्यवस्थापनमा राम्रो अनुभव रहेको छ ।

वरिष्ठ चार्टर्ड एकाउण्टेण्ट बज्राचार्यले यसअघि एनसीसी बैंक र सनराइज बैंकमा पनि प्रमुख कार्यकारी अधिकृतको रुपमा नेतृत्व गरिसकेका छन् ।

उनले भाद्र १ गतेदेखि ग्लोबल आइएमई बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा पद बहाल गर्नेछन् ।

गत मंसिर २० गतेदेखि ग्लोबल आइएमई बैंकमा जनता बैंक गाभिई एकिकृत कारोबार सुरु भएपछि ग्लोबल आइएमई बैंक अधिकांश सूचकमा देशकै सबैभन्दा ठूलो बैंक बनेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ