काठमाडौं, १७ बैशाख । ग्लोबल आइएमई बैंकले सोमबार प्रदेश नं. ३ को सिन्धुली कमलामाई नगरपालिका वडा नं. ६ माडी बजारमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ ।
यस सिन्धुली शाखा कार्यालय थप भएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या १३७ पुगेको छ । सिन्धुली जिल्ला र त्यस क्षेत्रका बासिन्दालाई सेवा पु¥याउने उद्देश्यले खोलिएको शाखाले सरल तथा सुलभ तवरले सबै प्रकारका बैंकिङ्ग सेवाहरु प्रदान गर्नेछ ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवामार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।
तपाईको प्रतिक्रिया