काठमाडौं, ३ मंसिर । ग्लोबल आइएमई बैंक लिमिटेडको १३औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ ।
आ.व.२०७५/७६ मा आफ्ना शेयरधनीहरुलाई १२.७५ प्रतिशत बोनश शेयर र १२.७५ प्रतिशत नगद लाभांश गरी २५.५ प्रतिशत लाभांश दिने निर्णय पारित गर्दै बैंकको १३औं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
ग्लोबल आइएमई बैंकले आ.ब.२०७५/७६ मा २ अर्ब ७६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
बोनश शेयर वितरण पश्चात बैंकको चुक्तापुँजी ११ अर्व ७६ करोड रुपैयाँ पुग्नेछ । साथै, साधारण सभाले जनता बैंक नेपाल लिमिटेडलाई ग्लोबल आइएमई बैंक लिमिटेडमा गाभ्ने प्रस्ताव पारित गरेको छ ।
साधारण सभाबाट पारित भएसँगै दुई बैक मर्जरका लागि नेपाल राष्ट्र बैक समक्ष अन्तिम स्वीकृती प्राप्त गरी ग्लोबल आईएमइ बैक लिमिटेडको नामबाट एकिकृत कारोवारका लागि अन्तिम तयारी भइरहेको छ ।
तपाईको प्रतिक्रिया