काठमाडौं, २१ चैत । ग्लोबल आइएमई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत बारा र पर्सा जिल्लामा अकस्मात आएको विनाशकारी हावाहुरी र असिनापानीबाट प्रभावित जनसमुदायलाई सहयोगार्थ राहत सामाग्री वितरण गरेको छ ।
बैंकले बारा जिल्लाका विपतबाट पीडित ५० घरपरिवारलाई भाँडाकुँडा, थाल–कचौरा, झुल, लगायतका सामग्री वितरण गरेको हो ।
हावाहुरी र असिनापानीबाट घरबारबिहीन भएकाहरुको जीवनयापनमा सहज होस् भन्ने उद्देश्यले बैंकले उक्त विभिन्न सामग्रीहरु उपलब्ध गराएकोे हो ।
तपाईको प्रतिक्रिया