ग्लोबल आइएमई बैंकले गरायो आफ्ना सम्पूर्ण कर्मचारीको कोरोना बीमा

अर्थ/वाणिज्य

8/16/2020

काठमाडौं, ३२ साउन । ग्लोबल आइएमई बैंक लिमिटेडले कोरोना भाइरस (कोभिड–१९) को बढ्दो कहरलाई मध्यनजर गर्दैै आफ्ना सम्पूर्ण कर्मचारीहरुको कोरोना बीमा गराएको छ ।

बैंकले यस बिषम र प्रतिकूल अवस्था पनि आफ्ना ग्राहकहरुलाई सेवा दिनका लागी खटीरहेका कर्मचारीहरुको सुरक्षालाई प्राथमिकता दिई स्थायी, करार, प्रशिक्षार्थी तथा परिक्षणकालमा रहेका, कार्यालय सहयोगी, सुरक्षा गार्ड लगायत बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको कोभिड–१९ बीमा गराएको हो ।
बैंकले आफ्नो हरेक कर्मचारीको १ लाख रुपैंया बराबरको बीमा गराएको छ ।

बीमामा उल्लिखित सम्झौता अनुसार बैंकको कर्मचारीमा कोरोना संक्रमण भई पी.सी.आर. परीक्षणमा कोभिड–१९ पोजेटिभ देखिएको अवस्थामा बीमा कम्पनीबाट बीमा दावी रकम भुक्तानी हुने व्यवस्था मिलाएको छ ।
यस कोरोना बीमाबाट बैंकमा कार्यरत कर्मचारीहरुको मनोबल बढ्नुका साथै कर्मचारीहरुलाई आर्थिक राहत समेत मिल्ने बैंकले विश्वास लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ