ग्लोबल आईएमई र कतारको दोहा बैंकबीच सम्झौता

अर्थ/वाणिज्य

12/21/2018

काठमाडौं, ५ पुस । ग्लोबल आईएमई बैंक लिमिटेड र कतारस्थित दोहा बैंकबीच रेमिट्यान्स कारोबार सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्भौतापत्रमा दोहा बैंकका प्रमुख कार्यकारी अधिकृत डा. आर. सीथारमन र ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले हस्ताक्षर गरेका छन् ।

दोहा बैंक, कतारमा रहेका बैंकहरू मध्यको अग्रणी स्थानमा रहेको बैंक हो जसको कतारभर २७ शाखा कार्यालय लगायत बिभिन्न १४ भन्दा बढि मुलुकहरूमा शाखा संजाल तथा प्रतिनिधि कार्यालय रहेका छन् ।

रेमिट्यान्स कारोबारको लागि दोहा बैंकसँगको यो सम्झौता पश्चात कतारमा रहेका सम्पुर्ण नेपालीहरूले कतारको दोहा बैंकका सम्पूर्ण शाखा कार्यालय तथा अनलाइन मोबाइल एप्लिकेशन मार्फतसजिलै नेपाल पैसा पठाउन सक्नेछन् र उक्त रेमिट्यान्स ग्लोबल आइएमई बैंकका सम्पूर्ण शाखाहरू तथा आई. एम. ई. र जि. एम. इ. का ९००० भन्दा बढि एजेन्ट मार्फत सजिलै भुक्तानी लिन सकिनेछ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ