ग्लोबल आईएमई र सूर्यलाइफबीच सम्झौता

अर्थ/वाणिज्य

5/24/2019

काठमाडौं, ९ जेठ । ग्लोबल आइएमई बैंक लि. र सूर्य लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडबीच बैंकासोरेन्ससम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा हस्ताक्षरपछि ग्लोबल आईएमई बैंकका १३७ वटै शाखाहरु मार्फत सूर्य लाइफ इन्सुरेन्स कम्पनीलिको जीवन बीमा योजनाहरु खरिद गर्नुका साथै जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु छिटो, छरितो एंव भरपर्दो माध्यमबाट प्राप्त गर्न सकिनेछ ।

उक्त सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकको तर्फबाट का. मु. प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र सूर्य लाइफ इन्सुरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ