चन्द्रागिरि हिल्सद्वारा दसैँ– तिहार अफर

अर्थ/वाणिज्य

9/24/2020

काठमाडौं, ८ असोज । चन्द्रागिरि हिल्सले लिमिटेडले दसैं– तिहारको अवसर पारेर अफर सार्वजनिक गरेको छ ।

कम्पनीद्वारा प्रवद्र्धित चन्द्रगिरि केबलकारमा ५०% छुट र चन्द्रागिरि हिल्स रिसोर्टमा ६ हाजार पाँच सय रुपैयाँमा एक जोडिका लागि बे्रकफास्ट र डिलक्स रुमहितको प्याकेज सार्वजनिक गरिएको छ ।
यो अफर मंसिर १५ सम्म लागू हुने कम्पनीले जनाएको छ ।

ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल र रिसोर्टलगायतका पूर्वाधार निर्माण गरेको छ । चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यका रुपमा विकास गरिसकेको कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ