जनता बैंकद्वारा आर्थिक सहयोग

अर्थ/वाणिज्य

12/4/2019

काठमाडौं, १८ मंसिर । जनता बैंकले विभिन्न संस्थालाई आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान भैरहवालाई र अछामको वैद्यनाथ क्षेत्र विकास संस्थालाई आर्थिक सहयोग गरेको हो ।

बैंकले नेत्र विज्ञान अध्ययन संस्थालाई आँखा उपचारसम्बन्धी क्रोनियलटोपोग्राफी मेसिन खरिद प्रयोजनार्थ ४ लाख ५० हजार रुपैयाँ सहयोग गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर षेत्रीले संस्थानका अध्यक्ष सागरप्रताप राणालाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

बैंकले अछामको संस्थालाई अक्षयकोष प्रयोजनार्थ २ लाख ५१ हजार रुपैयाँ सहयोग उपलब्ध गराएको हो ।

सहयोग रकमको चेक बैंकका सिइओ क्षेत्रीले संस्थाका संस्थापक संरक्षक सुरतबहादुर थापा र संरक्षक तथा पूर्वप्रहरी महानिरीक्षक मोतिलाल बोहरालाई हस्तानतरण गरेका हुन् । संस्थाले वैद्यनाथ वेदविद्याश्रम सञ्चालन गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ