काठमाडौं, ९ पुस । जस्मिन पेन्ट्स प्रालिले २५ वर्षको व्यवसायिक यात्रा पुरा गरेको छ । यसै अवसरमा चितवनस्थित मनकामना ग्रुप अन्तर्गत जस्मिन पेन्ट्स प्रालिले रजतजयन्ती महोत्सव आयोजना गरेको छ ।
भाडाको एउटा कोठाबाट परिवारका सदस्यले वि.स. २०५१ पुस ६ गते सुरु गरेको व्यवसायले विभिन्न उतारचढाव र संघर्ष गर्दै २५ वर्ष पुरा गरेको छ । यो कम्पनीले आधा दर्जन कम्पनीमा फैलियर चार सय भन्दा बढीलाई रोजगारी दिएको विज्ञप्तिमा उल्लेख छ ।
अहिले यो देशकै स्थापित व्यावसायिक समुहको रुपमा उभिन सफल भएको कम्पनीले जनाएको छ । पुर्ण स्वदेशी लगानीमा सञ्चालित जस्मिन पेन्टस् स्वदेशी पेन्टस् कम्पनीमध्ये अग्रणी स्थानमा पर्ने कम्पनीको दाबी छ । ‘नेपाली मनको नेपाली रङको ’नारासाथ अघि बढेको कम्पनीले उच्च प्रविधिको प्रयोग गरी अन्तर्राष्ट्रिय स्तरका नेपाल गुणस्तर चिह्न प्राप्त उत्पादनहरु सहित नेपाली ग्राहकको मन जितेको दाबी विज्ञप्तिमा गरिएको छ ।
तपाईको प्रतिक्रिया