टाटा मोटर्सको बहुप्रतिक्षित एसयूभी टाटा नेक्सन ईभी सार्वजनिक

अर्थ/वाणिज्य

12/20/2019

काठमाडौं, ४ पुस । भारतको सवारी उत्पादक कम्पनी टाटा मोटर्सको बहुप्रतिक्षित विद्युतीय एसयूभी टाटा नेक्सन ईभी भारतमा सार्वजनिक भएको छ ।

कम्पनीले टाटा नेक्सन ईभी बिहीबार सार्वजनिक गरेको हो । सन् २०२० को जनवरीदेखि बजारमा उपलब्ध हुनेछ । नेक्सन ईभीको मूल्य १५ लाखदेखि १७ लाख भारु हुने अनुमान गरिएको छ ।

नेक्सन ईभी तीन भेरियन्टमा उपलब्ध हुनेछ । एक्सजेट प्लस, एलयूएक्स, एक्सजेट प्लस र एक्सएममा उपलब्ध छ । भारत तथा नेपाली बजारमा टाटाको नेक्सन लोकप्रिय एसयूभी हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ