काठमाडौं, २ माघ । नेपाल दुरसंचार कम्पनी लिमिटेडले लाभांश वितरण सुरु गरेको छ । टेलिकमले बुधबारदेखि एनएमबी बैंङकमार्फत आफ्ना सेयरधनिलाई लाभांश प्रदार्न गर्न थालेको छ ।
आर्थिक वर्ष २०७५÷७६ को मुनाफाबाट प्रतिसेयर ४५ रुपैयाँको दरले नगद लाभांश वितरण गर्ने टेलिकमले बताएकोे छ । मङगलबार सम्पन्न नेपाल टेलकमको १२औं वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो । साधारण सभाले कम्पनीको लेखा परीक्षणका लागि चार्टर्ड एकाउन्टेन्ट प्रकाश जङ्ग थापा र अच्युतराज जोशीलाई लेखापरीक्षक नियुक्त गर्नुका साथै निजको पारिश्रमिक समेत पारित गरेको जनाएको छ ।
कम्पनीले आर्थिक वर्ष २०७५÷७६ मा कर तथा गैरकरबापत सरकारी राजस्वमा ३३.३१ अर्ब रुपैयाँ दाखिला गरेको साधारणसभामा जानकारी गराइएको छ । त्यसतै कम्पनीको भ्वाइस र डाटा सेवाको बजार हिस्सा क्रमशः ३.९३ र ४.७५ प्रतिशतले वृद्धि भई ५४.८३ र ४८.४१ प्रतिशत पुगेको पनि साधारण सभामा जानकारी गराइएको छ ।
तपाईको प्रतिक्रिया