काठमाडौं, ७ असोज । ज्योति विकास बैंकले कोभिडसम्बन्धी तिलगंगा आँखा अस्पताललाईसहयोग गरेको छ ।
तिलगंगा आँखा प्रतिष्ठान अन्तर्गतको अनुसन्धान विभागले गर्दै आएको ‘जिरी आई स्टडी’ को लागि ज्योति विकास बैंकले १० लाख बराबरको आर्थिक सहयोग गरेको हो । ज्योति विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवाली र तिलगंगा आँखा प्रतिष्ठानको तर्फबाट सिइओ यम बहादुर महतले उक्त सहकार्य सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।
तिलगंगा आँखा प्रतिष्ठान अन्तर्गतको अनुसन्धान विभागले गर्दै आएको जिरेल समुदायको आँखा अनुसन्धानमार्फत गरिएको तिलगंगाको आनुवंशिक अनुसन्धानमा ज्योति विकास बैंकले सहयोग गरेको हो । २०१४ बाट शुरुवात भएको यस अध्ययनमा आँखा सम्बन्धि रोगहरुको समयसँग बद्लिंदो ढाँचाको पनि अध्ययन हुँदै आएको छ ।
हाल ज्योति विकास बैंकले १०२ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ४८ वटा एटिएममार्फत सेवा दिदैं आएको छ ।
तपाईको प्रतिक्रिया