तौलिहवामा प्रभु बैंकको नयाँ शाखा

अर्थ/वाणिज्य

12/23/2019


कपिलवस्तु, ७ पुस । तौलिहवामा पनि प्रभु बैंक लिमिटेडले नयाँ शाखा खोलेको छ । बैंकले आफ्ना शाखा सञ्चाल विस्तार गर्ने क्रममा आइतबारदेखि कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका वडा नं. ०१ स्थित तौलिहवामा आफ्नो २०२ औं शाखा खोली सञ्चालनमा ल्याएको हो । तौलिहवा शाखा कार्यालयको उद्घाटन कपिलवस्तु नगरपालिकाका मेयर किरण सिहंले एक समारोहबीच गर्नुभएको हो ।

प्रभु बैंकको कुल शाखा संख्या २०२औं एक्सटेन्सन काउन्टर संख्या ३८, शाखारहित सेवा केन्द्र १७ र एटीएम संख्या एक सय ५२ पुगेको छ । प्रमुख अतिथि सिंहले कार्यालयको उद्घाटन गर्दै भन्नुभयो —प्रभु बैंकले तौलिहवामा आफ्नो शाखासञ्चालनमा ल्याई सर्वसाधारणलाई आफ्नै घरआँगनमा सरल, सहज र अत्याधुनिक बैंकिङ सेवा प्रदान गरी प्रशंसनीय कार्य गरेको छ । देशभरि नै यो अभियानले बैंकिङ पहुँचमा वृद्धि मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउँदै बैंकलाई सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो ।

तौलिहवा शाखा कार्यालयबाट गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा प्रवाह हुने भएकोले यहाँका स्थानीय सर्वसाधारणहरु, उधोगी व्यापारी तथा अन्य संघसंस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपयोग गरी लाभान्वित हुने र स्थानिय सर्वसाधारणमा बैंकिङ बानीको विकासमा अभिवृद्धि भई स्थानियस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ प्रणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा तौलिहवा शाखा कार्यालयले महत्वपुर्ण भुमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ