दुगडको जन्मोउत्सवमा आत्मकथा विमोचित

अर्थ/वाणिज्य

12/30/2018

काठमाडौं, १५ पुस । के.एल. दुगड समूहका अध्यक्ष किसनलाल दुगडको ७५औं जन्मोउत्सवको अवसरमा सचित्र आत्माकथा समेटिएको पुस्तक ‘द रिनाइसेन्स’ विमोचन भएको छ ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले शनिबार उक्त पुस्तक विमोचन गरेका हुन् । पुस्तकमा किसनलाल दुगडलाई जस्तोसुकै दुखद परिस्थितिमा पनि हरेस नखाई सकारात्मक सोचका साथ निरन्तर अगाडी बढ्ने व्यक्तिको रुपमा चित्रण गरिएको छ ।

किसानलाल दुगडको जन्म वि. सं.२००० सालमा भएको थियो र उनी १३ बर्षको उमेरबाट नै पढाईको साथै उद्योग व्यवसायलाई पनि अगाडी बढाउन निरन्तर रुपमा लागिरहेका छन् ।

दुगड समूह नेपालकै अग्रणी औद्योगिक व्यावसायिक घरानामा पर्दछ । उक्त समूहले हजारौंको संख्यामा रोजगारी प्रदान गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ