दायित्वलाई सिद्धार्थ बैंकद्वारा पाँच लाख सहयोग

अर्थ/वाणिज्य

9/7/2020

काठमाडौं, २२ भाद्र । सिद्धार्थ बैंक लिमिटेडले दायित्वलाई पाँच लाख सहयोग प्रदान गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उक्त संस्थालाई रकम सहयोग गरेको हो ।

युवाहरुलाई सरकारसँगको सहकार्यमा आर्थिक नीति अनुसन्धान गर्न र प्रमाण आधारित नीति प्रवद्र्धनमा सहयोग गर्ने उद्देश्यले स्थापित संस्था दायित्वलाई बैंकले पुर्‍याएको यस सहयोगबाट केहि हदसम्म भएपनि राज्यको नीति निर्माणमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले विभिन्न सामाजिक उत्तरदायित्व निर्वाह सम्बन्धि कार्यहरूमा सहभागिता जनाउँदै आएको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिदैँ जाने उद्देश्य बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ