एनसेलकोे सुलभ दरको भ्वाइस प्याक

अर्थ/वाणिज्य

12/22/2019

काठमाडौं, ६ पुस । एनसेलले रातीको समयमा सुलभ दरमा कुराकानी गर्न सक्ने अनलिमिटेड नाइट भ्वाइस प्याक ल्याएको छ । प्रिपेडका ग्राहकले अब एनसेल नेटर्वकभित्र रातीको समयमा सुलभ दरमा असीमित कुराकानीको फाइदा लिन सक्नेछन् ।

बेलुका १० बजेदेखि बिहान ६ बजे सम्ममात्र १० (१२.७७ करसहित) रुपैयाँमा असीमित कुराकानी गर्न सक्नेछन् । यो अफर चैत ४ गते सम्म कार्यान्वयन हुनेछ । यो प्याक बिहीबारदेखि सुचारु गर्न चाहने एनसेलका ग्राहकले एक्ट्रिक्स १७११८ एकट्रिक्स ३ ह्यास डायल गरी प्याक सुरु गर्न सक्छन् ।

त्यस्तै एसएमएसमार्फत यो प्याक सुचारु गर्न ग्राहकले अंग्रेजीको ठुलो अक्षर ‘एनयु’ टाइप गरी एसएमएस पठाउनुर्पछ । प्याक सुचारु गरेपछि २४ घण्टाका लागि मान्य हुनेछ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ