दोहा बैंक अब नेपालमा पनि

अर्थ/वाणिज्य

12/21/2018

काठमाडौं, ५ पुस । कतारको दोहा बैंकले नेपालमा सम्पर्क कार्यालय संचालनमा ल्याएको छ ।

काठमाडौंमा सम्पर्क कार्यालय संचालन गरी बैंकिङ कारोबार सुरू गरिएको बैंकले जानकारी दिएको छ । थापाथलीमा सम्पर्क कार्यालय रहेका बैंकको नेपालका लागि प्रमुख प्रतिनिधिमा सुरज विक्रम शाही रहेका छन् ।

दोहा बैंक कतारको सबैभन्दा ठूलो वाणिज्य बैंक हो । बैंकले नेपालका वाणिज्य बैंकहरूको सहकार्यमा नेपालमा लगानी गर्ने छ ।

दोहा बैंकले नेपाली वाणिज्य बैंकहरूसँग आरएमए (रिलेसनसिप म्यानेजमेन्ट एप्लिकेसन) गर्ने र आरएमए भइसकेपछि मात्रै एलसी (लेटर अफ क्रेडिट) को काम अघि बढाएर काम गर्ने जनाएको छ ।

कतारमा रहेका नेपालीले उक्त बैंकमा खाता खोलेर नेपालमा रकम झिक्न पाउने छन् । तर नेपालमा रहेको सम्पर्क कार्यालयले प्रत्यक्ष रूपमा कुनै पनि आर्थिक कारोबार गर्ने अधिकार छैन ।

कतारको लगानी भने प्रत्यक्षरूपमा उक्त बैंक मार्फत आउन मद्दत पुग्ने छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ