काठमाडौं, २० मंसिर । नेपाल–भारत उद्योग वाणिज्य संघ (नीसी) को नयाँ नेतृत्वमा सृजना राणा निर्वाचित भएकी छिन् ।
संघको २५औं साधारणसभाबाट राणा सर्वसम्मत अध्यक्षमा निर्वाचित भएकी हुन् । उनीसँगै संघको अन्य पदाधिकारीहरु समेत सर्वसम्मत निर्वाचित भएका छन् ।
साधारणसभाबाट संघको कार्यसमिति सदस्यहरुमा व्यवसायी अभिमन्यू पोड्डार, आनन्द बगारिया, ज्ञानेन्द्रलाल प्रधान, हेमराज ढकाल, आरबि रौनियार, सन्दिपकुमार अग्रवाल, सैवाल घोष, सुधीर मित्तल र सुनिल केसी निर्विरोध निर्वाचित भएका छन् ।
संघको विधानअनुसार कार्यसमिति बैंठकले संघको पदाधिकारी चयन गर्नुका साथै तीन जना सदस्यहरुको मनोनयन अध्यक्षले गर्ने व्यवस्था रहेको छ । सो कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ ।
अर्थमन्त्री डा.युवराज खतिवडाको प्रमुख आथित्यमा सम्पन्न साधारणसभामा नेपालका लागि भारतका राजदूत मन्जीव सिंह पुरी, नेपाल वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, लगाएत विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो भने संघको निवर्तमान अध्यक्ष सौर्य शम्शेर जबराले सभाको सभापतित्व गरेका थिए ।
तपाईको प्रतिक्रिया