सामाजिक उत्तरदायित्वका लागि प्रभातफेरी

अर्थ/वाणिज्य

12/29/2019


काठमाडौं, १४ पुस । नेपाल बंगलादेश बैंकले प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यही पुस १२ गते शनिबार कमलादी, काठमाडौंस्थित प्रधान कार्यालयबाट वित्तीय साक्षरताको नारा लिई प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको हो ।

सो कार्यक्रममा बैंकका काठमाडौं उपत्यकाभित्र रहेका २१ वटा शाखाहरु र प्रधान कार्यालयबाट कुल तीन सय ५० कर्मचारीहरु सहभागी भएका थिए । बिहान ८ः३० बजे सुरु भएको प्रभातफेरी कार्यक्रम बैंकको प्रधान कार्यालयबाट सुरु भई सहिद गेट, न्युरोड गेट, जुद्ध शालिक भई इन्द्रचोक, असन, जमल, दरबारमार्ग हुँदै पुनः प्रधान कार्यालयमा पुगेर सम्पन्न भएको थियो । सो कार्यक्रममा कर्मचारीहरुले वित्तीय साक्षरताको नारा लेखिएका प्लेकार्डहरु लिई प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको थियो ।
कार्यक्रमको अन्तयमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले वित्तीय साक्षरताको महत्व, बचत गर्नुको फाइदालगायत बैंकिङ कारोबारका फाइदाहरुको बारेमा जानकारी दिए । साथै उनले यस्ता कार्यक्रमले साधारण जनमानसभा वित्तीय साक्षरताबारे आवश्यक जानकारी प्रवाह हुने र बैंकिङ कारेबारमा चुस्तता आउने धारणा व्यक्त गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ