नेपाल बंगलादेश बैंकले ५ प्रतिशत बोनस सेयर र सात प्रतिशत नगद लाभांश दिने

अर्थ/वाणिज्य

12/23/2019

काठमाडौं, ८ पुस । नेपाल बंगलादेश लिमिटेडले काठमाडौंमा हालमै २५औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

सभाले गत आर्थिक वर्ष २०७५।७६ सम्मको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई पाँच प्रतिशत बोनस सेयर र सात प्रतिशत नगद लाभांश(लाभांशमा लाग्ने करसहित ) दिने प्रस्ताव स्वीकृत गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष जलाल अहमदको सभापतित्वमा सम्पन्न भएको उक्त सभाले बैंकको उद्देश्यसँग सम्बन्धित प्रबन्धपत्रमा रहेका दफाहरुको संशोधन पनि स्वीकृत गरेको छ ।

समीक्षा अवधीमा बैंकको कुल निक्षेप २४ दशमलव ५५ प्रतिशतले बढेर ५९ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ भने कुल कर्जा २९ दशमलव १६ प्रतिशतले बढेर ५५ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकको वासलातको आकार भने २४ दशमलव २४ प्रतिशतले बढेर ७६ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ