काठमाडौं, २४ भाद्र । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा ५३ करोड खुद मुनाफा कमाएको छ ।
अघिल्लो आवको सोही अवधिमा भने कम्पनीले ५२ करोड ३२ लाख ५१ हजार एक सय २९ रुपैयाँ खुद मुनाफा कमाएको थियो ।
बीमा कम्पनीहरुमध्यमा सबै बढी अर्थात् चुक्ता पुँजी पाँच अर्ब ४१ करोड ६१ लाख ६० हजार रुपैयाँ रहेको कम्पनीको प्रति सेयर आम्दानी नौ रुपैयाँ ६५ पैसा रहेको छ । कम्पनीको गत आर्थिक वर्षको चौथो त्रैमासमा प्रतिसेयर नेटवर्थ भने एक सय ७३ रुपैयाँ १२ पैसा रहेको छ ।
तपाईको प्रतिक्रिया