काठमाडौं, २ माघ । नेपाल शैक्षिक परामर्श संघको १३औँ वार्षिक साधारण सभामा ग्लोबल आइएमई बैंक लिमिटेडलाई आधिकारिक बैंक छनोट गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
उक्त सम्भौतापत्रमा नेपाल शैक्षिक परामर्श संघका अध्यक्ष विष्णुहरि पाण्डे रग्लोबल आइएमई बैंकका नायव प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले हस्ताक्षर गरेका हुन् ।
नेपाल शैक्षिक परामर्श संघ नेपालको सबैभन्दा ठूलो गुणस्तरीय वैदेशिक शैक्षिक परामर्श प्रदान गर्ने संस्थाहरुको छाता संगठन हो ।
यस सम्झौताअनुसार ग्लोबल आइएमई बैंक लि.ले नेपाल शैक्षिक परामर्श संघसँग आबद्ध कन्सल्टेन्सीहरुको सिफारिस मावि देशमा उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीहरुलाई सरल र सुलभ तरिकाले बढीमा ३ कार्य दिनभित्र बैंकले शैक्षिक कर्जा सम्बन्धी निर्णय गर्नेछ ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले १३३ शाखा, १४२ एटिएम, ७ एक्सटेन्सन काउण्टर, १५ राजश्व संकलन काउण्टर, ११७ शाखा रहित बैंकिङ्ग सेवा र देश बाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालयमाफर्त आफ्ना ९ लाख ५० हजारभन्दा बढी ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।
तपाईको प्रतिक्रिया