काठमाडौं, २१ माघ। नबिल बैंकले नबिल सजिलो एक्सप्रेस कर्जा योजना ल्याएको छ । साना तथा मझौला नयाँ प्रस्तुतिको रुपमा नबिल एक्प्रेस कर्जा योजना ल्याएको हो ।
कर्जासम्बन्धी निर्णय प्रकृयालाई गति दिँदै जोखिममा आधारित मूल्यांकन सहित क्रेडिट स्कोरिङ मोडेल कर्जाका आधारमा गरिएको हो । सरल र शीघ्र प्रशोधनसहित अधिकतम साढे १० प्रतिशतको ब्याजदरमा यो कर्जा उपलब्ध हुनेछ । ऋणीको कर्जा आवेदनमा शीघ्र निर्णय लिँदै आवेदन प्राप्त भएको ३५ घण्टाभित्र स्वीकृति प्रदान गर्ने उद्देश्यले यो योजना ल्याइएको बैंकले जानकारी दिएको छ ।
नबिल सजिलो एक्सप्रेस कर्जा देशका सातै वटा प्रदेशमा लैजाने अभियानका क्रममा यो कर्जा डिसेम्बर २३, २०१९ मा प्रदेश ३, काठमाडौंबाट सुभारम्भ गरिएको छ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले यस क्षेत्रमा नबिल बैंक पहिलो स्थानको बैंकको रूपमा मान्यता पाएको र साना तथा मझौला उद्यम ग्राहक तथा व्यवसायका लागि पनि शीर्ष स्थानमा रहेको बताए ।
कर्जा प्रशोधन प्रकृयालाई छिटोछरितो, सहज र सरल बनाउने दिशामा नबिल सजिलो एक्सप्रेस कर्जाजस्ता रचनात्मक योजनाहरू अघि सार्दै साना तथा मझौला उद्यमका ग्राहकको पहिलो रोजाइ बनेको उल्लेख गरेका छन् ।
तपाईको प्रतिक्रिया