काठमाडौं, १४ असोज । नबिल बैंकले ७.७५ प्रतिशत सेयर कर्जा ब्याजमा दिने भएको छ । बैंकले नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत सेयरहरुको धितो राखेर सस्तो ब्याजदरमा सेयर धितो कर्जा दिन लागेको हो ।
उक्त बैंकले ५० लाख रुपैयाँ वा सो भन्दा बढीको नबिल सेयर कर्जा वार्षिक ७.७५% ब्याजमा दिनेछ । यो कर्जा बैंकका सम्पूर्ण शाखाहरुबाट प्राप्त गर्न सकिने बैंकले जानकारी दिएको छ । बैंकले हाल सबै क्षेत्रमा गरी एक सय १९ वटा शाखा तथा एक सय ८५ वटा एटीएम काउन्टरमार्फत वित्तिय सेवा उपलब्ध गराउँदै आएको छ ।
बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा तीन अर्ब ५६ करोड ६६ लाख ७३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा चार अर्ब २३ करोड ८८ लाख ५४ हजार रुपैयाँ रहेको थियो ।
तपाईको प्रतिक्रिया