काठमाडौं, ७ फागुन । नबिल बैंक र भक्तपुर उद्योग वाणिज्य संघबीच सम्झौता भएको छ ।
सम्झौतामा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र भक्तपुर उवासंघका अध्यक्ष प्रदीप श्रेष्ठले हस्ताक्षर गरे । सो समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले भने, ‘नबिल बैंकले भक्तपुर तथा देशभर रहेका व्यवसाय र उद्योग क्षेत्रलाई संरक्षण र उन्नतीका लागि नबिल बैंक तत्पर रहनेछ । यो सहकार्यले उद्योग वाणिज्य क्षेत्रमा आबद्ध व्यवसायलाई लाभ हुने विश्वास हामीले लिएका छौं ।’
सम्झौतासँगै बैंकले संघका सदस्यका साथमा देशभरका व्यवसाय र उद्योग क्षेत्रको प्रवद्र्धन गर्न सहयोग गर्ने शाहले बताए । हाल बैंकका एक सय १४ ओटा शाखा, एक सय ६६ ओटा एटीएम र १ हजार ५०० भन्दा बढी रेमिट एजेन्ट सञ्चालनमा छन् ।
तपाईको प्रतिक्रिया