काठमाडौं, ९ पुस । पायोनियर मोटो कर्पले नेपालभर चार सय ५० भन्दा बढी निसान किक्स गाडी बिक्री गरिसकेको छ । यही उपलक्ष्यमा आफ्ना ग्राहकलाई विशेष लाभ सहितको योजना ल्याएको छ । पायोनियर नेपालका लागि निसान र डयाटसन गाडीको आधिकारिक बिक्रेता हो ।
निसान किक्स नेपाली बजारमा भित्रिएको केही महिनामै ग्राहकको मन र विश्वास जित्न सफल भएको कम्पनीले विज्ञप्तिमार्फत जानकारी गराएको छ । यो अफरमार्फत ग्राहकले चार लाख ५० हजार रुपैयाँ बराबरको लाभ पाउन सक्ने कम्पनीको दाबी छ ।
यसै अन्र्तगत मुख्यतः दुई लाख ५० हजारसम्मको नगद छुट एक लाख रुपैयाँ बराबरको एक्सचेन्ज बोनस वा ब्राण्ड न्यु आइफोन ११(१२८ जिबी) पाउन सक्नेछन् । साथै, अन्य उपहारस्वरुप ग्राहकले निःशुल्क बोसको हाई प्रेसर वासर, एक र्वषको सवारी बिमा र सडक करका साथै तीन वर्षसम्मको वारेन्टीसहित तीनै वर्षसम्म निःशुल्क गाडी सर्भिसिङको सुविधा पनि पाउन सक्ने कम्पनीले जनाएको छ ।
तपाईको प्रतिक्रिया