काठमाडौं, १ माघ । बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम तथा ग्यास पाइपलाइन विस्तार गर्ने सम्बन्धमा नेपाल–भारत पेट्रोलियम तथा ग्यास जोइन्ट वर्किङ्ग ग्रुपबीच समझदारी भएको छ ।
यसका विस्तृत प्राविधिक प्रतिवेदन तयार गरी संयन्त्रमा प्रतिवेदन पेश गर्न संयुक्त अध्ययन टोली गठन गरिने भएको छ ।
अमलेखगञ्ज डिपोको बाँकी स्तरोन्नतीको कार्य छिट्टै सम्पन्न गर्ने, झापा र धनुषामा बन्ने निगमको बोटलिङ प्लाण्टमा भारतीय आयल निगमले प्राविधिक सहयोग उपलब्ध गराउनेलगायतका विषयमा पनि दुई पक्षबीच समझदारी बनेको छ ।
यता लखनऊबाट हवाई इन्धन ल्याउने विषयमा नेपाल पक्षले राखेको प्रस्ताव पुनरावलोकन हुनपर्ने विषयमा भारतीय पक्षले जोड दिएको छ ।
तपाईको प्रतिक्रिया